नियम
कोषको स्थापना

३. कोषको स्थापनाः

(१) प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष नाम गरिएको एक कोष खडा गरिनेछ ।

(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरु जम्मा गरिनेछ ः–

(क) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य, सम्वैधानिक पदाधिकारी, सांसद, निजामती, जंगी तथा प्रहरी कर्मचारीले प्रदान गरेको रकम,
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्था वा त्यस्ता संस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, उद्यमी, व्यापारी, विभिन्न पेशागत व्यक्तिहरु, राजनैतिक दल, ट्रेड युनियन, गैर सरकारी संस्था, नागरिक समाज वा सर्वसाधारणले स्वेच्छाले प्रदान गरेको रकम,
(ग) दातृ मुलुक, दातृ संस्था, अन्तर्राष्ट्रिय वा विदेशी गैर सरकारी संस्थाबाट कोषको नाममा सोझै प्राप्त भएको रकम,
(घ) नेपाल सरकारबाट कोषलाई प्रदान भएको रकम,
(ङ) कोषलाई अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

(३) उपनियम (१) बमोजिमको कोष आबर्ती कोष (रिभल्भिङ् फण्ड) को रुपमा सञ्चालन गरिनेछ ।